ताजा समाचार

माधव नेपालकाे अध्यक्ष ओलीलाई प्रश्न-सचिवालयमा सदस्य थपाैं,नाै काे ठाउँमा १५ भए के हुन्छ ?

काठमाण्डाैं।नेकपा बरिष्ठ नेता माधव नेपालले पार्टीकाे सचिवालय सदस्य अपुग भएकाे बताएका छन।सुदुरपश्चिमकाे धनगढीमा पुगेका नेता नेपालले सचिवालयमा बरिष्ठ नेताकाे कदर नगरिएकाे र सवै क्षेत्रकाे प्रतिनिधित्व पनि नभएकाे बताएका छन। उनले उतिवेला नै नेकपाकाे उपाध्यक्ष भइसकेका भीम रावल र अष्टलक्ष्मी शाक्यलाइ सचिवालय सदस्यमा राख्नुपर्ने नामै ताेकेर भनेका छन। यसाे गर्दा सचिवालयकाे सदस्य संख्या बढन सक्ने तर्फ चिन्ता लिन नपर्ने उनकाे भनाइ छ । उनले भने-सचिवालय सदस्य ९ बाट बढेर १५ भएपनि के हुन्छ र ?

नेता नेपालले लामाे समय देखि यस विषयमा असन्तुष्टि राख्दै आएका छन।नेता रावल र शाक्य दुवै जना उनी निकट नेता हुन।सचिवालयमा नअटाएकाे तथा सरकारमा नलगेकाे भनेर रावल सरकारकाे कटु आलाेचक भएका छन भने प्रदेश नम्वर ३ काे मुख्य मन्त्री बन्न काेशिश गरेकी शाक्य यसमा नपरेपछि असन्तुष्ट छिन।

नेकपा माअेावादी र नेकपा एमाले मिलेर बनेकाे नेकपामा दुवै पार्टीकाे तर्फबाट बरिष्ठ नेता छनाैट गर्दा उतिवेला एमालेमा उपाध्यक्ष भइसकेका युवराज ज्ञवाली,शाक्य र रावल छुटेका थिए।यसमाे अेालीले भने चासाे दिएका छैनन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *