ताजा समाचार

वामदेव गाैतमले किन राष्ट्रियसभा उम्मेदवार हुन मानेनन ?

काठमाण्डाैं।राष्ट्रियसभा उम्मेदवार हुन मरिहत्ते गरेका नेकपा नेता वामदेव गाैतम अन्तिम समयमा पछि हटेका छन। बरू नारायणकाजी श्रेष्ठ उम्मेदवार भए तर वामदेव अन्तिम समयमा पछि हटे।

गाैतमले राष्ट्रिय सभा उम्मेदवार हुने इच्छा गर्दा एउटा अनाैठाे प्रस्ताव राखेका थिए। गाैतमले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुन पाउनुपर्छ भन्ने प्रस्ताव राखेका थिए।तर उनकाे याे प्रस्ताव संविधानसम्मत थिएन।

उपप्रधानमन्त्री भइसकेका गाैतम राष्ट्रियसभामा जाने भनेकाे मन्त्री हुनकाे लागि मात्र हाे तर याे पद उनले लिन मिल्दैनथ्याे।यसकारण पछि हटेका वामदेव गाैतम अन्तिम समयमा उम्मेदवार नै बन्न पनि तयार भएनन।नेकपा स्रेातका अनुसार,यसकाे पछाडिपनि ठुलाे कारण लुकेकाे छ।अहिले उम्मेदवार हुदा राष्ट्रियसभा सदस्य बन्न लाेभ गरेकाे अर्थ लाग्नेछ,जुन कुरा वामदेव देखाउन चाहदैनन।र,महत्वपुर्ण कुरा के छ भने फागुनमा हालका अर्थमन्त्री डा.युवराज खतिवडाकाे समयअविध सकिनेछ।यसपछि मन्त्रीपरिषदकाे सिफारिशमा राष्ट्रपतिले एक जना सदस्य राष्ट्रियसभामा मनाेनयन गर्ने पाउनेछिन।

वामदेव यहि माैकाकाे खाेजीमा छन। उनी सदस्य हुने मात्र हाेइन,यसपछि उपप्रधानमन्त्री हुने ग्यारेन्टीकाे साथमा राष्ट्रियसभामा जाने तयारीमा छन भने यसकाे लागि अहिले नै उम्मेदवार नभएर उनले वार्गेनिङ पावर बढाउने काेशिशमा लागेका छन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *