ताजा समाचार

गाेरखामा चुनाव हारेका नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा उम्मेदवार चयन,देवी ज्ञवाली ठगिए

काठमाण्डाैं। डा.वावुराम भटटराइसंग गाेरखामा चुनाव हारेका नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा चुनावमा उम्मेदवार बन्न सफल भएका छन।उनी नेकपाकाे प्रवक्ता पनि हुन।

तर,भरतपुर महानगरपालिकामा प्रचण्डपुत्री रेणु दाहालसंग मेयरमा पराजित र पछि उनै प्रचण्डलाई चुनावमा जिताउन दिलाेज्यानले लागेका देवी ज्ञवाली भने उम्मेदवार असफल भएका छन।उनलाई यसपटक उम्मेदवार बनाउने नेतृत्वकाे ठुलाे भराेशा थियाे।तर,नियतिले उनलाई फेरि ठगेकाे छ। यतिमात्र हाेइन,प्रधानमन्त्री हुन इच्छा गरिरहेका वामदेव गाैतम पनि राष्ट्रियसभामा उम्मेदवार बन्न चाहन्थे तर शुक्रवार बसेकाे सचिवालय वैठकले माधव नेपाल काेटाबाट बदुराम भुषाललाई उम्मेदवार छान्याे तर वामदेव गाैतम पनि अटाएनन। यसरी नेकपाले शुक्रवार उम्मेदवार छान्दा केही अनुहार उज्याले देखिएकाे छ भने कैयाैंकाे अनुहार मलिन देखिएकाे छ।नेकपाले कस-कसलाई उम्मेदवार छान्याे त ? यस्ताे छ नाम लिष्ट :

राष्ट्रियसभा सदस्यमा नेकपाका उम्मेदवारहरु

प्रदेश नम्बर १

इन्दु गौतम

देवेन्द्र दाहाल

गोपी अछामी

प्रदेश नम्बर २

तुलसा दाहाल

राधेश्याम पासवान

प्रदेश नम्बर ३

गंगा बेलवासे

डा. बेदुराम भुसाल

प्रदेश नं ४

भगवती न्यौपाने

नारायणकाजी श्रेष्ठ

प्रदेश नम्बर ५

विमला घिमिरे

गोपाल भट्टराई

जगप्रसाद शर्मा

प्रदेश नम्बर ६

सुमित्रा बिसी

मायाप्रसाद आचार्य

प्रदेश नम्बर ७

तारामान स्वाँर

शारदा भट्ट

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *