काठमाडौं।बाजुराको हिमाली गाउँपालिका–७ बाधुमा जिप दुर्घटना भएको छ । कालडाँडा भिरबाट कर्णाली नदिमा जिप खस्दा ४ जनाको मृत्यू भएको छ । हिमाली गाउँपालिकाको धुलाचौरबाट कोल्टितर्फ आउँदै जिप दुर्घटना भएको हो । दुर्घटनमा चारजना घाइते अवस्थामा फेला परेका छन ।
सडकबाट ५ सय मिटर तल ठूलो भीरबाट नदीमा खसेको जानकारी आएको छ । जिल्ला प्रहरी कार्यलय बाजुरा प्रहरी प्रमुख उद्धबसिंह भाटले भने खबर पाउने बित्तिकै प्रहरी टोली पठाएको बताएका छन् । घटना भएको आधा घण्टाको दूरीमा पिलिचौर इलाका प्रहरी कार्यलय छ ।




