काठमाडौं । नेपाल भ्रमण वर्षको अवसरमा आयोजना गरिएको विशेष कार्यक्रमका कारण काठमाडौं उपत्यकाका केही क्षेत्रमा ट्राफिक व्यवस्था केहीबरे अस्तव्यस्त हुने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज अत्यधिक जाम हुन सक्ने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ ।
नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ कार्यक्रम आज काठमाडौंको दशरथ रंगशालामा आयोजना हुँदैछ । महाशाखाले जारी गरेको सुचनामा दिउसो ठमेलबाट र्यालि निस्केर रंगशालासम्म जाने हुँदा थापाथली, त्रिपुरेश्वर, कालिमाटी, सहिद गेट, जमल, केशरमहल क्षेत्रमा अत्यावश्यक सवारीसाधनबाहेक अन्य सवारी साधन नचलाइ वैकल्पिक रुट प्रयोग प्रयोग गरिदिन आग्रह गरेको छ ।
सर्वसाधारणले काठमाडौं मल अगाडि टुँडिखेलमा पार्किङ गरेर नेपाल भ्रमण वर्षको शुभारम्भमा सहभागी हुन सक्ने प्रहरीले जनाएको छ ।
भ्रमण वर्ष २०२० काे अाजबाट देशभर भव्य सुरू हुँदै छ । देशका मुख्य मुख्य शहरमा विभिन्न अाैपचारिक कार्यक्रम गरी सुरूवात गरिने छ ।




