प्रदेश

सेती नदीमाथि बनेको पुल सञ्चालनमा नआउँदै भाँचियो

संकल्खबर । पोखरा महानगरपालिका सेती नदीमाथि बनिरहेको पुल सञ्चालनमा नआउँदै भाँचिएको छ।

३२ र ३३ वडा जोड्ने लामगाडी’पुल २ वर्षअघि छ करोड रुपियाँको लागतमा निर्माण कार्य शुरू गरिएको थियो ।

अन्तिम चरणमा रहेको सो पुल हस्तान्तरण हुन नपाउँदै भाँचिएपछि तीव्र निन्दा र भत्र्सना गरिएको छ।

​निर्माण कार्य सकिएर परीक्षणका लागि पुलको टेको निकालेको केही समयमै पुल एकाएक चर्किन सुरु गरेको थियो।

उक्त पुल परीक्षण नहुँदै भाँचिएको ३२ वडाका वडाध्यक्ष अक्कलबहादुर कार्कीले बताए।

पुलको भार परीक्षणका लागि मालवाहक सवारी प्रयोग गर्न तयारी अवस्थामा राखिएको भए पनि प्रयोगमै नआई पुल चर्किन थालेपछि हाल सवारी आवागमन रोकिएको कार्कीले जानकारी दिए ।

स्थानीय प्रत्यक्षदर्शी मेघनाथ आचार्यका अनुसार पुलको टेका खोलेको केही समयमा नै चर्किन सुरु गरेको र एउटा गाडी पनि गुड्न नपाउँदै टेको खोल्दा चर्किन थालेको, सामग्री कमसल प्रयोग हुँदा यस्तो समस्या आएको हो ।
वडाध्यक्ष कार्कीले २०० टन भार क्षमताको उक्त पुलले आफ्नै भार धान्न नसक्दा भाँचिएको बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *