देश

मधेशका पाँच सांसदलाई सभामुखद्वारा पदमुक्त घोषणा

जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले लगातार दस पटक प्रदेशसभा बैठकमा अनुपस्थित रहेका पाँच जना सांसदलाई पदमुक्त गरेका छन्।

सभामुखमाथि अविश्वास प्रस्ताव दर्ता भएको केही घण्टामै उनले सो निर्णय गरेका हुन्। सभामुख मण्डलको कार्यालयले जारी गरेको सूचनामा भनिएको छ कि ती सांसदहरू संविधानको धारा १८० बमोजिम स्वचालित रूपमा प्रदेशसभा सदस्य पदबाट मुक्त भएका हुन्।

पदमुक्त सांसदहरूमा नागरिक उन्मुक्ति पार्टीकी उर्मिला देवी सिंह (सर्लाही), जनता समाजवादी पार्टी (जसपा) का मनिष कुमार सुमन (सप्तरी), सञ्जय कुमार यादव, सिंहासन सा कलवार, र सारदा संकर प्रसाद कलवार रहेका छन्।

सभामुख मण्डलले जारी गरेको सूचनामा भनिएको छ— “नेपालको संविधानको धारा १८० बमोजिम मधेश प्रदेशसभाका लगातार १० वटा बैठकमा अनुपस्थित रहेका निम्न सदस्यहरू मिति २०८२।०७।२७ गतेदेखि प्रदेशसभा सदस्यबाट पदमुक्त भएको हुँदा निजहरूको स्थान रिक्त भएको बेहोरा प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १८५ अनुसार सबैको जानकारीका लागि प्रकाशित गरिएको छ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *