मधेश प्रदेश

बारामा ३५ सय घुससहित वडासचिव पक्राउ

काठमाडौं । बाराको कोल्हवी नगरपालिका–११ रामपुर्वाका वडासचिव विनोदप्रसाद साह घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिई गएको टोलीले साहलाई ३५ सय घुस रकमसहित पक्राउ गरेको हो ।

जग्गा नामसारी सिफारिसका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा उनलाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।

साहलाई सेवाग्राहीबाट ३५ सय रुपैयाँ घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *