काठमाडौं । प्रदेश २ को नामाकरणको लागि मतदान सुरु भएको छ ।
प्रदेशसभा सचिवालयमा संसदीय विशेष समितिले प्रस्ताव गरेको मधेश नाममा मतदान शुरु भएको हो । यसअघि प्रदेशको स्थायी राजधानीका लागि मतदान भएको थियो । जसमा स्थायी राजधानीमा जनकपुर बहुमतले पारित भएको छ ।
मधेश नाममा जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी (लोसपा) नेपाल र नेकपा माओवादी केन्द्रको सर्मथन छ । नेपाली काँग्रेसले मिथिला भोजपुरा र नेकपा एकिकृत समाजवादीले जानकी नाम प्रस्ताव गरेको छ ।




