मधेश प्रदेश

पूर्वमेयर गिरीको निधनप्रति दु:ख व्यक्त   

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीका धनुषाका नेता एवं जनकपुर नगरपालिकाका पूर्व मेयर कृष्ण गिरीको निधनप्रति दुःख व्यक्त गरेको छ । जनकपुरका प्रसिद्ध समाजसेवीसमेत रहनुभएका गिरीको ७३ वर्षको उमेरमा यही साउन २७ गते राति काठमाडौँको मेडिसिटी अपस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

काँग्रेसले आज शोक विज्ञप्तिमार्फत उनको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ । काँग्रेसले उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । स्व गिरीले नेपालका लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *