मधेश प्रदेश

भारतले बनाउन थालेको स्वागतद्वार दशगजामा परेपछि स्थगित

सिरहा।सिरहाको सीमावर्ती भगवानपुर गाउँपालिका ४ ठाडी बजार नजिकै भारतीय भन्सार कार्यलयले निर्माण थालेको स्वागत द्वार दशगजामै परेपछि काम स्थगित गरिएको छ ।

भारतीय सुरक्षाकर्मी एसएसबी, नेपालक सशस्त्र प्रहरी र संयुक्त सर्वे टोलीले तीन दिन लगाएर गरेको अध्ययनमा उक्त निर्माण कार्य दशगजा भित्रै परेको पाएको हो। ‘मिडप्वाइन्ट’बाट दुवैतर्फ दशगजा ९ . १ खाली हुनुपर्ने हो तर निर्माण भइरहेको ठाउँ करिब ६.१ भित्रै परेको छ ।

‘नेपाल–भारत संयुक्त सीमा सर्वे टोलीले सर्वे गरेपछि उक्त निर्माण कार्य दशगजामै परेको पाइएको छ,’सशस्त्रप्रहरी सिरहाका प्रमुख एसपी प्रविण कडेँलले भने,‘विवादको अन्तिम र्निक्यौल नभएसम्मका लागि काम स्थगित गरेको छ ।’ दुवै देशको सीमा सर्वे टोलीले प्रतिवेदन दिएपछि थप स्पष्टहुने उनले बताए ।

एकहप्ता अगाडिदेखि भारतीय भन्सार कार्यलयले स्वागतद्वार निर्माण गर्न थालेको थियो । स्थानीयले विरोध गरेपछि प्रशासनले चासो देखाएको थियो । त्यसपछि प्रमुख जिल्लाअधिकारी गोपालकुमार अधिकारीले नापी विभागका निर्देशकलाई जानकारी गराइ सर्वे टोली मगाएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *