संकल्पखबर । बिहिबार (आज) बिहान इलाममा पिकअप जिप दुर्घजना भएको छ।
जिप दुर्घटना हुदा दुई जनाको निधन भएको छ।
मृत्यु हुनेमा झापाको मेचीनगर नगरपालिका- ४ बस्ने ५५ वर्षिय रमेश थापा र ४० वर्षिय सुर्य थापाको घटनास्थलमै मृत्यु भएको हो ।
झापाबाट इलाम आउँदै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअप आँफै अनियन्त्रित भई सडकदेखि करिव पाँच सय मिटर तल झरेको छ।
मेची राजमार्गको रोङ गाउँपालिका–४ पहिरोमा पिकअप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिए।
जिप चालक मेचीनगर–४ बस्ने वर्ष ३३ का अर्जुन कोइराला समेत गम्भिर घाइते भएको बताइएको छ।
उनलाई उपचारका लागि झापाको विएण्डसि अस्पताल लगिएको छ ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




