कोशी प्रदेश

बाँदर आतंक, गाँजाखेति र लोकल रक्सिलाई वैधानिकतादेखि हलेसी विश्वसम्पदासम्म खोटाङमा एमालेका उम्मेदवार देव विक्रम राईका प्रतिवद्धता

काठमाडौं  । प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा खोटाङको राजनीतिक बहस विकास, उत्पादन र स्थानीय अर्थतन्त्रमा केन्द्रित हुन थालेको छ। नेकपा (एमाले) बाट उम्मेदवार बनेका देव विक्रमराइले जिल्लाका दीर्घकालीन समस्या समाधानका लागि बहुआयामिक प्रतिवद्धता सार्वजनिक गरेका छन्—बाँदर आतंक नियन्त्रणदेखि स्थानीय रक्सी र गाँजा खेतीको वैधानिकतासम्म, तथा त्रिधार्मिक स्थल हलेशी महादेवलाई लाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने घोषणा उनका मुख्य एजेन्डा बनेका छन्।

नेपालमा गाँजालाई वैधानिकता दिने बहस निकै पुरानो हो । तर यस बहसको केन्द्रमा रहेका दुई शक्ति — जेनजी आन्दोलनसँग सम्बद्ध समूह र अन्तरिम सरकारका कारण ओझेलमा परेको थियो । विगतमा संसदमा विभिन्न पुर्वअर्थमन्त्री पूर्वगृहमन्त्री विभिन्ने नेताहरुले उठाउँदै आएका थिए, उठ्ने गथ्र्यो तर सो समयमा पनि चुनावी एजेण्डामौ सिमित थियो । देशको राजनैतिक अस्थिरताका कारण ओझेलमा परेको विषयलाई पुन ः आवाज भर्ने काम नेपालमैँ नयाँ सपना देख्नेहरुले बोल्न जरुरी छ । जुन खोटाङमा एमालेबाट उम्मेदवार भई हाल चुनावी मैदानमा दौडिरहेका देवविक्रम राईले बोले । नेपालमा  लोकल रक्सि, विश्वभर १६० भन्दाबढी युरोप तथा अमेरिकनदेशरुमा र्वैधानिक भइसकेको ‘हरियो’ सुन उपनामले चिनिएको,२०० थरी भन्दा औषधी बनाउन सकिने,प्रत्यक्ष रोजगारीमा युवाहरुलाई जोड्न सकिने,कृषि पेशामा लागेका नागरिकहरुको सामाजिक आर्थिक स्तर चाँडै उकास्न सक्ने, कुनै पनि अंश खेर नजाने बहुआयामिक गाँजाखेतीलाई वैधानिकता दिने विषयलाई चुनावी एजेण्डामात्र बनाउनु हुँदैन विगतमा जस्तो ।

गाँजाको बहस खेती मात्र होइन—यो आर्थिक पुनरुत्थान, स्वास्थ्य स्वाधीनता र नीतिगत आत्मसम्मानको सवाल हो। एक रोपनी जमिनबाट लाखौँ रुपैयाँ आम्दानी सम्भव हुने आँकलन छ। गाँजाबाट २०० भन्दा बढी औषधीय र औद्योगिक वस्तु उत्पादन गर्न सकिन्छ। यसले युवालाई विदेश जानबाट रोक्न सक्छ, किसानलाई आत्मनिर्भर बनाउन सक्छ। अब प्रधानमन्त्रीको दौडमा रहेका नेताहरूले स्पष्ट उत्तर दिनुपर्छ—तपाईंहरू दीर्घकालीन विकासका पक्षमा हुनुहुन्छ कि केवल क्षणिक लोकप्रियताका ? चुरोटको धुवाँले अर्थतन्त्रलाई प्रदुषित बनाउन दिने कि गाँजाको हरियो सुनबाट नयाँ श्वास दिने ? नेपालका युवाले जवाफ खोजिरहेका छन्। मौनता अब विकल्प होइन। निर्णय नगर्ने नेतृत्व इतिहासमा प्रश्नकै रूपमा मात्र बाँकी रहनेछ। खोटाङमा कोदोको तिनपाने रक्सीलाई ब्राण्डिङ गरेर बजारमा उपलब्ध गराउन थालेएको छ,सानो मात्रमा । तर कानुनी मान्यताको विषय निकै चर्चामा छ ।

सो विषयमा गत भाद्र २३ र २४ गते भएको जेनजीको आन्दोलनबाट बनेको अन्तरिम सरकार पनि साे विषयमा मौन छ किन ? चुनावी माहोलको विषयमा यसलाई छलफलको विषय बनाउन आवश्यक छ । सडकमा अहिले देश बनाउने विभिन्न नारा र समुहरुका आवाज उठिरहेका बेला जेनजीसमुहरु पनि किन मौन छन् ?  उनिहरुले पनि साे अावजेाजनलाई बहसकाे बिषय बाउन महत्त्वपूर्ण ठानिन्छ । सुशिला कार्कीको नेतृत्वमा सरकार गठन भएको छ । वर्तमान सरकारको गृहमन्त्रीमा पूर्व बालेनको सल्लाहकारका रुपमा रहेका ओम प्रकाश अर्याल छन्। यो सरकार बनाउने जेनजीका लिडरका रुपमा रहेका काठमाडौँ महानगरपालिकाका पुर्व मरयर बालेन  शाह (बालेन) ,हामि नेपालका संयोजक सुदन गुरुङ ,जेनजीका अर्का लिडर प्रवेश दाहाल र मिराज ढुङ्गाना,वैकल्पिक मानिएका शक्तिहरु लगायत अन्य थुप्रै रहेका छन् । देश बिग्रियो भन्ने नाराले चर्चामा आएका उनीहरुले देशमा रोजगारी र बहुमुल्य औषधीको रुपमा रहेको हरियो सुनको (उपनाम)ले चिनिएको गाँजालाई वैधानिकता गर्ने र देशमा नै युवाहरुलाई रोजगारी र औषधिजन्य अनुसन्धान गर्ने विषयमा किन बोल्दैनन् ? यो विषयको उजागर देशमा सपना देख्ने र देखेका आगामी निर्वाचनमा चुनावी मैदानमा होमिएका राईले देखे । उनले बोलेको सामाजिक संजालको भिडियो प्रष्ट सुनिन्छ । सो विषयमा अब पब्लिक छलफल हुन आवश्यक छ । यस्तै नेपालमा मानव स्वास्थ्यलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा असर पारीरहेको , विश्व स्वास्थ्य संगठनले ड्रकको सुचीमा राखेको सुर्तिजन्य पर्दाथ चुरोट,बिडी,गुट्खा लगाएतका अवैधानिक मानिएका तर वैधानिक भएको विषयमा र बहुमुल्य जडीबुटीदेखि पैसा र राजगारी दिने गाँजालाई वैधानिक गर्ने विषयमा छलफल तीन करोड नेपालीले उठाउनुपर्छ । यो विषयमा किन सुर्तीजन्य पर्दाथलाई बन्ध गर् हैन भने गाँजालाई पनि वैधानिकता गर भन्ने बहस अहिलेको २१ औँ शताब्दीको,डिजिटल,सुचना प्रविधी, साक्षर,र तर्क गर्न सक्ने युगका नागरिकहरुले गर्नुपर्छ । अब सो विषय बच्चादेखि वृद्ध समेतले बहसको केन्द्र बनाउन जरुरी छ ।

बुइपामा जन्मिएका देव विक्रम राई लामो समयदेखि राजनीतिक र सामाजिक क्षेत्रमा सक्रिय छन्। शिक्षक पृष्ठभूमिबाट आएका उनले केही समय अध्यापन गरेपछि पूर्णकालीन राजनीति रोजे। हाल एमाले खोटाङ जिल्ला अध्यक्षसमेत रहेका राई आफूलाई “उत्पादनसँग जोडिएको उम्मेदवार”का रूपमा प्रस्तुत गर्छन्। बुइपामा उनले ५ सयभन्दा बढी अलैंचीका बिरुवा रोपेका छन् भने एभोकाडो खेती विस्तारमा पनि सक्रिय छन्। “बसाइँ–सराइ रोक्न उत्पादनमै क्रान्ति चाहिन्छ,” उनको भनाइ छ।

बाँदर आतंक र कृषिको संकट

खोटाङमा बाँदर र जंगली जनावरले बाली सखाप पार्ने समस्या चर्को छ। राईका अनुसार कृषकले लगाएको बाली जोगाउन नसक्दा उत्पादन घटेको र बसाइँ–सराइ बढेको छ। उनी बाँदर नियन्त्रणका लागि वैज्ञानिक व्यवस्थापन, वैकल्पिक बाली प्रवर्द्धन र स्थानीय तहसँग समन्वय गरी विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउँछन्। बाँदर आतंक खोटाङको मात्र समस्या हैन ,नेपालको ठूलो समस्या हो । नेपाली कृषकहरुको हर्ट इस्यु हो । विगतमा संसदमा हरेक पहल भएका थिए , तर त्यसको न्युनीकरण र समाधानको बुद्धा निकाल्न सकिएको छैन्, सो विषय समाधान गर्ने विषयमा उनको जोड छ ।

साथै, स्थानीय स्तरमा उत्पादन हुने घरेलु रक्सीको व्यवस्थापन र गाँजा खेतीलाई औषधीय तथा औद्योगिक प्रयोजनका लागि वैधानिक बनाउन संघीय तहमा पहल गर्ने उनको घोषणा छ। राज्यको दोहोरो नीतिको अन्त्य गर्ने विषयमा उम्मेदवार राई दृढ छन् ।

हलेसीलाई विश्वसम्पदा सूचीमा राख्ने पहल

त्रिधार्मिक आस्थाको केन्द्र खोटाङको प्रसिद्ध त्रि धार्मीक स्थल हलेसी महादेव लाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने पहल गर्ने उनले बताएका छन्। मध्यपहाडी लोकमार्ग स्तरोन्नति, रावा–सावा करिडोर विकास, र दुधकोशी जलाशययुक्त ६७० मेगावाट आयोजनाको पहलमार्फत खोटाङलाई ऊर्जा र पर्यटनको केन्द्र बनाउने उनको योजना छ। कम्तिमा ५० शैय्याको अस्पताल निर्माण, शिक्षा र खानेपानीमा पहुँच विस्तार पनि उनको एजेन्डामा छन्।

राजनीतिक सन्देश ः? उत्पादन र पुनर्संरचना

देव विक्रम राई राज्य पुनर्संरचनालाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताउँछन्। “नीति निर्माणमार्फत भूमि, कृषि, शिक्षा र स्वास्थ्यमा आमूल सुधार नगरी बसाइँ–सराइ रोकिन्न,” उनी भन्छन्। उनका समर्थकहरू भन्छन्—बौद्धिक छवि, भुइँतहसँगको सम्बन्ध, पार्टीको बलियो जनआधार र उत्पादनसँग जोडिएको जीवनशैली उनका जितका आधार हुन्। खोटाङमा चुनावी प्रतिस्पर्धा तीव्र बन्दै जाँदा राईले विकासलाई नाराभन्दा व्यवहारमा उतार्ने दाबी गरेका छन्। अब मतदाताले निर्णय गर्नेछन्—उनका प्रतिबद्धता कागजमा सीमित रहने कि खोटाङको मुहार फेरिने आधार बन्ने।

 

खोटाङबाट प्रतिनिधिसभा निर्वाचनमा चुनावी मैदानमा रहेका एमाले उम्मेदवार राईको चुनावी गतिविधि मिडियामा भिडियोमा हेर्न फेसबुक लिङ्क खोलौँ :

https://www.facebook.com/debbikram.rai

https://www.facebook.com/bishnu.uparkoti.994180

जनेजी आन्दोलनपछि प्रधानमन्त्रीको दौडमा रहेका आधा दर्जन नेतालाई प्रश्न : नेपालमा गाँजा खेतीलाई वैधानिकता दिन किन ढिलाई ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *