काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको मतगणना क्रमशः अगाडि बढिरहेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजाले अध्यक्ष पदमा केपी शर्मा ओलीको बलियो उपस्थिति देखाएको छ।
हालसम्मको मतगणनाअनुसार अध्यक्षका उम्मेदवार ओलीले ३३३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११० मत हासिल गरेका छन्। यसले अध्यक्ष पदमा ओलीको स्पष्ट अग्रता देखाउँछ।
उता महासचिव पदमा भने प्रतिस्पर्धा रोचक बनेको छ। प्रारम्भिक परिणामअनुसार शंकर पोखरेलले २४९ मत ल्याउँदै अग्रस्थानमा छन् भने सुरेन्द्र पाण्डेले १४९ मत प्राप्त गरेका छन्।
मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ। पार्टीको आगामी नेतृत्व र रणनीति तय गर्ने यस निर्वाचनलाई एमालेका कार्यकर्तादेखि राष्ट्रिय राजनीतिक वृत्तसम्मले चासोका साथ हेरिरहेका छन्।
एमाले नेतृत्व चयनमा ओली पक्ष अगाडी, मतगणनामा पदाधिकारीको चित्र स्पष्ट हुँदै




