राजनीति

एमाले नेतृत्व चयनमा ओली पक्ष अगाडी, मतगणनामा पदाधिकारीको चित्र स्पष्ट हुँदै

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको मतगणना जारी रहँदा प्रारम्भिक परिणामले पार्टीभित्रको शक्ति सन्तुलन संकेत गर्न थालेको छ। अहिलेसम्म गणना भएका मतअनुसार अध्यक्षसहित प्रमुख पदाधिकारी पदमा केपी शर्मा ओली समूहका उम्मेदवारहरू अग्रस्थानमा देखिएका छन्।

विशेषगरी महासचिव पदको प्रतिस्पर्धा चासोको विषय बनेको छ। यस पदमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच कडा प्रतिस्पर्धा देखिएको छ। प्रारम्भिक चरणमा दुबै उम्मेदवारले उल्लेख्य मत पाएका छन् भने अन्तिम नतिजा आउन अझै समय लाग्ने निर्वाचन समितिले जनाएको छ।

मतगणना प्रक्रिया जारी रहेकाले बाँकी मतसँगै परिणाम फेरबदल हुने सम्भावनालाई नकार्न सकिँदैन। पार्टीको भावी नेतृत्व र नीति–दिशा तय गर्ने यो निर्वाचनलाई एमालेभित्र मात्र होइन, राष्ट्रिय राजनीतिले पनि चासोका साथ हेरिरहेको छ।

प्रारम्भिक मत परिणाम :

अध्यक्ष केपी शर्मा ओली : १५६

ईश्वर पोखरेल : ६७

उपाध्यक्ष

विष्णु प्रसाद पौडेल : १७३

पृथ्वीसुब्बा गुरुङ : १७१

रामबहादुर थापा बादल : १५३

गोकर्ण राज विष्ट : १३३

रघु जी पन्त : १२३

गुरु प्रसाद बराल : १०९

विन्दा पाण्डे : ९८

पर्शुराम मेघि गुरुङ्ग : ४७

टकं प्रसाद कार्की  : ४३

अरुण नेपाल : ३८

भिम प्रसाद आचार्य : २७

महासचिव

शंकर पोख्रेल : ११५

सुरेन्द्र प्रसाद पाण्डे :१०८

उपमहासचिव

लेखराज भट्ट : १४७

योगेश भट्टराई : १४०

रघुविर महासेठ : १२६

विष्णु प्रसाद रिमाल : १०५

आनन्द प्रसाद पोख्रेल : ७१

वैजनाथ चौधरी : ५४

राजेन्द्र प्रसाद गौतम : २६

सचिव

पद्मा कुमारी अर्याल : १५२

महेश बस्नेत : १५०

छविलाल विश्वकर्मा : १४५

शेरधन राई : १४१

हिक्मत कुमार कार्की : १३८

खगराज अधिकारी : १३२

राजन भट्टराई : ११३

यामलाल कँडेल : १२८

भानुभक्त ढकाल : १०७

गोकुल प्रसाद बास्कोटा : १०४

कर्णबहादुर थापा : ९३

ठाकुर प्रसाद गैरे : ९३

रचना खड्का : ८३

विनोद प्रसाद ढकाल  : ८२

अग्नि प्रसाद खरेल : ७७

लाल बाबु पण्डित : ७३

कृष्ण गोपाल श्रेष्ठ : ५९

पुरुषोत्तम पौडेल : ५९

पेम्वा लामा : ५०

इन्द्रलाल सापकोटा : ४१

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *