काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनबाट अध्यक्षको उम्मेदवार बनेका बरिष्ट उपाध्यक्ष इश्वर पोखरको पक्षमा खुलेका उपाध्यक्षद्धय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य उम्मेदवारबाट ब्याक भएका छन् ।
दुबै नेताले ७० वर्षे उमेर हदको वकालत गर्दै केन्द्रीय कमिटीको आजको अन्तिम बैठकमा महाधिवेशनमा कुनै पदमा उम्मेदवार नबन्ने घोषणा गरे ।
यो महाधिवेशनमा कुनै पदमा उम्मेदवार नबन्ने घोषणा गरेका ज्ञवाली र शाक्यले पार्टीमा भने आफ्नो अनुभवका आधारमा सक्रिय रहने बताएका छन् ।




