काठमाडौं । नेपाली कांग्रेस सुधार अभियान (यू–४००) ले ७७ जिल्लामा नयाँ संयोजकहरू तोकेको छ। अभियानले पार्टीको नेतृत्वमा ४० वर्ष मुनिका युवाहरूको सक्रिय सहभागिता सुनिश्चित गर्ने उद्देश्य राखेको छ।
अभियानले न्यायोचित नेतृत्व वितरण र युवाहरूको पहुँच सुनिश्चित गर्ने लक्ष्य सहित पार्टीको हरेक तहमा ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ। यसमा सङ्घ, प्रदेश र स्थानीय तह सबै समावेश छन्।
यस्तै, अभियानले भ्रष्टाचारको विरुद्ध कडा चेतावनी दिँदै सुशासन कायम गर्नुपर्ने र उम्मेदवार छनोट प्रक्रियामा प्राइमरी इलेक्सनको व्यवस्था गर्नुपर्ने माग पनि अघि सारेको छ। कांग्रेस सुधार अभियानका संयोजकहरूले विश्वास व्यक्त गरेका छन् कि नयाँ पुस्तालाई नेतृत्वमा समावेश गर्दा पार्टीको गतिविधि थप सशक्त र पारदर्शी बन्नेछ।







