काठमाडौं । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माले दल नेताको पदबाट राजीनामा दिएका छन्।
बुधबार शर्मा दलका प्रमुख सचेतक कृष्णबादुर जिसीलाई सम्बोधन गर्दै राजीनामासहितको पत्र बुझाएका थिए। पत्रमा उनले लेखेका छन्, “म राजकुमार शर्मा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभा दलको दल नेताको पदबाट राजीनामा दिएको व्यहोरा अवगत गराउँदछु।”
कर्णालीका पूर्वमुख्यमन्त्री समेत रहेका शर्मा हालै गठन भएको प्रगतिशील लोकतान्त्रिक पार्टीमा आवद्ध भएका छन्। उनले अहिलेसम्म सांसद पदबाट भने राजीनामा दिएका छैनन्।
राजीनामापछि कर्णाली प्रदेश माओवादी दलमा नेतृत्व पुनःनिर्धारण प्रक्रिया सुरु हुने देखिन्छ।




