राजनीति

२६ स्थानमा रास्वपाको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचन हुने ४२ मध्ये २६ स्थानमा आफ्ना उम्मेदवार खडा गरेको छ । काठमाडौंको कीर्तिपुर नगरपालिकामा भने रास्वपाले उम्मेदवारी दिएन ।

काठमाडौं १६ को वडाध्यक्षमा रोजिना श्रेष्ठलाई उठाइएको छ । मोरङको ग्रामथान पालिका अध्यक्षमा नविन कुमार खवास घन्टीवाहक उम्मेदवार बनेका छन् ।

ओखलढुंगा, सप्तरी रौतहट, रुकुम पूर्व, रुकुम पश्चिम, बाजुरा, बझाङ, डोल्पा, दार्चुला, कैलाली जिल्लाहरुमा हुने उपनिर्वाचनमा रास्वपाले उम्मेदवारी दर्ता गराएन ।
उम्मेदवारी नदिएको स्थानमा अन्य उम्मेदवारलाई समर्थन गर्ने वा तटस्थ बस्ने पार्टीको नीति छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *