काठमाडौं । नेकपा एमालेका सांसद विशाल भट्टराईले फोक्सिङटारको पुल निर्माणबारे मन्त्रीस्तरिय छलफलमा भएका पाँच विकल्प सार्वजनिक गरेका छन् । सांसद भट्टराईले शनिबार प्रधानमन्त्री केपी शर्मा ओली ,भौतिक पुर्वाधारमन्त्री र सचिवहरुसँगको छलफलले निकालेका पाँच विकल्प सामाजिक संजाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन् ।
लामो समयको छलफल पश्चात उक्त विकल्पहरु निकालिएको एमाले नेता विशाल भट्टराईले जानकारी दिए । उनका अनुसार भर्खरै आएको अविरल वर्षाका कारण खोलामा आएको भिषण बाढीले भत्काएको पुल निर्माणमा भत्किएर बाकी रहेको २० (२० मिटरको संरचना र त्यसको पिलरले लोड धान्ने अवस्था भए ८० (८५ मिटरको बेलिबृज बिदेशबाट ल्याएर जडान गर्ने, त्यो पिलरले लोड धान्न सक्दा बेलि भन्दा हल्का, सस्तो र छिट्टो हुने गरी ट्रस पुल जोड्ने ,पिलर र जोगिएको संरचनाले काम नगर्ने अवस्था हो भने त्यहि नजिकै अर्को संरचना निर्माण गरी १२० मिटर लामो बेलिबृज जोडेर बर्षा नउठाउँने (तर अस्थायी) पुल बनाउने , स्थायी पुलको लागि छिट्टो र यथासक्य दीगो पुल बनाउन बेलैदेखि योजना बनाएर लाग्ने र नीको सतह घटेपछि पुरानै बेलिबृज जोडेर हिउदभर काम चलाउने र बर्षाले निकाल्ने बेलासम्म अर्को पुल तयारी गरिसक्ने विकल्पहरु रहेको उनले बताए ।







