राजनीति

संघ र प्रदेशको चुनावमा पनि गठबन्धन कायम रहने प्रचण्डको दाबी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिलेको गठबन्धनलाई आगामी प्रदेश र संघको चुनावसम्मै कायम राख्ने दाबी गरेका छन् ।

स्थानीय तह चुनावमा माओवादी केन्द्रबाट निर्वाचित गण्डकी प्रदेशका जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रममा अध्यक्ष प्रचण्डले आगामी चुनावमा गठबन्धन कायमै रहने भन्दै चुनावको तयारी गर्न कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् ।

सबै उपलब्धि रक्षाको लागि आगामी चुनावमा समेत गठबन्धनको विकल्प नभएको प्रचण्डको भनाई छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *