कर्णाली प्रदेश

माओवादी केन्द्र हुम्ला: वडाध्यक्षमा उम्मेदवारी घोषणा

सिमकोट । आगामी ३० वैशाख तय भएकाे स्थानीय तहकाे निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) हुम्लाले उम्मेदवार घाेषणा सुरु गरेकाे छ । माओवादी केन्द्रले सिमकोट गाउँपालिका-३ मा पामा लामालाई वडाध्यक्षको उम्मदेवार बनाएकाे छ ।

सर्वसहमतिका आधारमा उम्मेदवारकाे टुंगाे लगाइएकाे माओवादी केन्द्र सिमकोट गाउँपालिका अध्यक्ष ताक्ला जिम्मेत लामाले जानकारी दिए । उनका अनुसार चुनाव लक्षित घरदैलो तथा कार्यकर्ता भेटघाट भइरहेकाे छ । 

हुम्लामा सात वटा गाउँपालिका छन् । ती पालिकामामा ४४ वडा छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *