राजनीति

दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्न सिफारिस गर्ने निर्णय गरेको हो । सरकारले भदौ १ गते राजनीतिक दलसम्बन्धी अध्यदोश जारी गरेको थियो । दल विभाजनका लागि २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद भए पुग्ने व्यवस्थासहितको अअध्यादेश आएपछि नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजन भएका छन् ।

सरकारले अध्यादेश खारेजीका लागि सिफारिस गर्ने निर्णय गरेपछि अब राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मन्त्रिपरिषद् विस्तारको बाटो खुल्ने सत्तारुढ दलका नेताहरुले बताउँदै आएका छन् ।

सरकारले जारी गरेको अध्यादेश भदौ २३ गते संसदमा पेश गरेको थियो । तर एमालेले संसद बैठक निरन्तर अवरुद्ध गरेका कारण अध्यादेशका बारेमा छलफल शुरु हुन सकेको थिएन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *