काठमाडौ । नेपाली कांग्रेसका नेता एवं कांग्रेस खेलकुद बिभागका प्रमुख मोहन बस्नेतले कोरोना नियन्त्रण र रोकथाममा सरकारले चासो नदिएको आरोप लगाएका छन ।

आइतबार ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रममा उनले मुलुकमा कोरोना संक्रमित बढ्दा पनि यसलाई नियन्त्रण गर्न सरकारले कुनै योजना ल्याउन नसकेको बताएका हुन । दैनिक प्रशासनिक संयन्त्र संचालनमा पनि सरकार असफल रहेको नेता बस्नेतको भनाइ छ ।

पार्टीभित्रको विवादका कारण नेकपाको सरकार कमजोर हुदै गएको हुनसक्ने उनको भनाइ छ । कोरोना संक्रमणको अवस्थामा रगत अभाव देखिएपछि कांग्रेस खेलकुद विभागले रक्तदान अभियान चलाइरहेको छ ।


उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस ललितपुर जिल्ला सभापती पुर्व माननीय मदन अमात्यले राष्ट्र मै रगतको अभाव भईरहेको अवस्थामा नेपाली काङ्ग्रेस राजनीतिक कुरा गर्ने पार्टी मात्र नभई समाजवादलाई शिरोपर्य गर्ने पार्टी भएकाले यस्तो जनसेवाको भाव सहित रक्तदान कार्यक्रम गरिएकोमा सिङ्गो नेपाली काङ्ग्रेस खेलकुद विभागलाई धन्यवाद ज्ञापन गरेका छन् ।




