देश

राष्ट्रिय भेला सकिएलगत्तै एमाले केन्द्रिय कमिटी बैठक शुरु

काठमाडौं । नेकपा एमालेको केन्द्रिय कमिटी बैठक शुरु भएको छ । बिहीवार काठमाडौंस्थित एक होटलमा बैठक शुरु भएको हो ।

राष्ट्रिय भेला सम्पन्न भएलगत्तै एमालेले केन्द्रिय कमिटी बैठक बोलाएको हो । बैठकमा राष्ट्रिय भेलामा उठेका विषय, पार्टीका आगामी कार्ययोजना तथा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने अपेक्षा गरिएको छ ।

राष्ट्रिय भेलाका निर्णयलाई केन्द्रिय कमिटीको बैठकबाट स्वीकृत गराउने, स्थानीय तहको निर्वाचन लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *