देश

अनुसन्धानसम्बन्धी संवेदनशील सूचना सार्वजनिक नगरेको काठमाडौं प्रहरीको स्पष्टोक्ति

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले इनम सापकोटासमेत प्रतिवादी रहेको मुद्दाको अनुसन्धानसँग सम्बन्धित कुनै पनि संवेदनशील विवरण, प्रमाण वा सूचना व्यक्ति तथा अन्य पक्षलाई उपलब्ध नगराएको स्पष्ट पारेको छ ।

अनुसन्धान अधिकृतको हवाला दिँदै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै परिसरले यस्तो स्पष्टोक्ति दिएको हो ।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले मङ्सिर २ गते जारी गरेको विज्ञप्तिमा अनुसन्धानसँग कुनै सम्बन्ध नरहेका मोबाइल लोकेसनलगायतका अप्रमाणित विवरणसमेत सार्वजनिक भएको उल्लेख गरिएको छ ।

यस्ता अप्रमाणित सामग्रीले अनुसन्धान प्रक्रियालाई प्रभावित पार्नुका साथै सर्वसाधारणमा भ्रम सिर्जना गर्न सक्ने प्रहरीको भनाइ छ ।

परिसरले प्रचलित कानुन र प्रक्रियाअनुसार अनुसन्धान भइरहेको जनाउँदै सम्बन्धित मुद्दाका विषयमा कुनै पनि सूचना प्रकाशन वा प्रसारण गर्नुअघि त्यसको आधिकारिकता पुष्टि गर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *