देश

सोलुखुम्बु हेलिकप्टर दुर्घटना : घाइतेलाई नेपाल मेडिसिटी अस्पताल ल्याइयो

काठमान्डौँ ।सोलुखुम्बुको फेरिचे हेलिप्याडमा भएको हेलिकप्टर दुर्घटनामा घाइते भएका व्यक्तिलाई उपचारका लागि ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल ल्याइएको छ ।

प्रभु हेलिकप्टरमार्फत घाइतेलाई अस्पताल पुर्‍याइएको हो ।

मंगलबार बिहान फिस्टेल र डाइनेस्टी एयरका दुई हेलिकप्टर अवतरण गर्ने क्रममा आपसमा ठोक्किएका थिए । दुर्घटनामा एक जना विदेशी पर्यटकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *