देश

कांग्रेस जनसम्पर्क समितितर्फ केन्द्रीय सदस्यमा सात उम्मेदवार विजयी

काठमाडौँ । नेपाली कांग्रेसको जनसम्पर्क समितितर्फ केन्द्रीय सदस्यका सात पदका लागि भएको निर्वाचनमा विभिन्न क्षेत्रबाट सात जना उम्मेदवार विजयी भएका छन्।

महिलातर्फका दुई पदमा सीता सापकोटा घिमिरेले तीन हजार ११३ र चन्द्रा अधिकारी (चन्दा) ले दुई हजार ८९६ मत प्राप्त गर्दै विजयी भएका छन्।

युरोप क्षेत्रबाट जितेन्द्र विक्रम शाही एक हजार ४१२ मत प्राप्त गरी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। त्यसैगरी, ओसियाना–अमेरिका क्षेत्रबाट सिए. विद्या भूषण कार्कीले एक हजार ९५२, मध्यपूर्व क्षेत्रबाट पुरुषोत्तम खनालले दुई हजार ९४, प्यासिफिक क्षेत्रबाट डा. बलराम श्रेष्ठले एक हजार ९२० र भारत क्षेत्रबाट बालकृष्ण पाण्डेले तीन हजार ८२७ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा विजय हासिल गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *