काठमाडाै । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कास्की क्षेत्र नं. १ बाट दीपक चन्द्र बरालले पेशागत कोटातर्फ महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
३५ वर्षदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेको बताउँदै बरालले आफ्नो २५ वर्षको शिक्षा तथा स्वास्थ्य क्षेत्रको पेशागत अनुभवलाई अब पार्टीको नीति निर्माण र राष्ट्र निर्माणमा उपयोग गर्ने उद्देश्यसहित उम्मेदवारी दिएको बताएका छन् ।
बरालले शिक्षा र स्वास्थ्य क्षेत्रलाई नेपालको आर्थिक समृद्धिको महत्वपूर्ण आधारका रूपमा विकास गर्ने आफ्नो मुख्य एजेन्डा रहेको बताएका छन् । विशेषगरी मेडिकल टुरिजम (चिकित्सा पर्यटन) को विकासमार्फत नेपाललाई विश्वस्तरीय स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्ने उनको एजेन्डा छ ।
बरालले आफ्नो उम्मेदवारी कुनै पद प्राप्त गर्ने उद्देश्यमा मात्र सीमित नभएको बताउँदै लामो समयदेखि हासिल गरेको पेशागत अनुभव, ज्ञान र जीवनको ऊर्जालाई नेपाली कांग्रेस र राष्ट्रको सेवामा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
“३५ वर्षदेखि नेपाली कांग्रेसको सिपाहीका रूपमा र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा २५ वर्षको अनुभव र योगदानलाई अब नेपाली कांग्रेसको नीति निर्माण र राष्ट्र निर्माणमा समर्पित गर्ने उद्देश्यले उम्मेदवारी प्रस्तुत गरेको हुँ,” बरालले भने ।
शिक्षा र स्वास्थ्यको गुणस्तरीय विकास, स्वास्थ्य पर्यटनको विस्तार तथा पेशागत अनुभवलाई पार्टीको नीति निर्माणसँग जोड्न आफ्नो ध्यान केन्द्रित हुने बरालले बताए ।





