काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एक जयशंकरबीच भेटवार्ता भएको छ । मोरिससमा जारी इन्डियन ओसन कन्फ्रेन्समा सहभागी हुन गएका परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच शुक्रबार भेटवार्ता भएको हो ।
भेटमा भारतीय विदेशमन्त्री जयशंकरले मन्त्री खनाललाई पदभार सम्हालेकोमा बधाई दिएका थिए । भेटका क्रममा दुवै नेताले दीर्घकालीन र बहुआयामिक नेपाल–भारत सम्बन्धको समग्र समीक्षा गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यस्तै, उनीहरूबीच आपसी हितका विषयमा रचनात्मक तथा भविष्य उन्मुख छलफल भएको मन्त्रालयले जनाएको छ। साथै, दुवै पक्षले दुई देशबीचको द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने साझा प्रतिबद्धता दोहोर्याएका छन्।




