काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले दिउँसो १२:३० बजे आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने जनाइएको छ।
यसै कारण आज बिहानै रोशीखोला बीपी राजमार्ग अनुगमनमा जान तयार रहेका गृहमन्त्री सुधन गुरुङ पनि बैठकपछि मात्रै अनुगमनमा जाने भएका छन्।
हालसम्म मन्त्रिपरिषद् बैठकको एजेन्डाबारे केही खुलाइएको छैन। सामान्यतया मन्त्रिपरिषद् बैठक बिहीबार र सोमबार बस्ने प्रचलन छ।




