देश

धनुषा–१ निर्वाचन विवादमा सर्वोच्चको सुनुवाइ शुक्रबार

काठमाडौं । धनुषा–१ को निर्वाचनसँग सम्बन्धित विवादबारे सर्वोच्च अदालतले आगामी शुक्रबार प्रारम्भिक धारणा सार्वजनिक गर्ने भएको छ। उम्मेदवारी खारेज भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलले दायर गरेको रिट निवेदनमाथि अदालतले सो दिन सुनुवाइ गर्ने आदेश दिएको हो।

सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि उपस्थित हुन निर्देशन दिएको छ। उक्त छलफलपछि अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा अदालतले निर्णय गर्ने जनाइएको छ। सुनुवाइका क्रममा निर्वाचन आयोगलाई पनि किशोरी साह कमलको उम्मेदवारी खारेज गरिएको सम्बन्धी निर्णयसँग जोडिएका सम्पूर्ण फाइल अदालतमा पेश गर्न आदेश दिइएको छ।

अदालतले सोही दिन दुवै पक्षको तर्क सुनेपछि अन्तरिम आदेश जारी गर्ने वा नगर्नेबारे निर्णय गर्ने संकेत गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *