देश

महोत्तरी–३ मा रास्वपाका झा ३२ हजार ४५१ मत सहित विजयी

महोत्तरी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उज्ज्जवलकुमार झा ३२ हजार ४५१ मतसहित विजयी भएका छन् ।

उनका प्रतिस्पर्धी नेपाल सङ्घीय समाजवादी पार्टीका मुहमद रिजवानले पाँच हजार ९६९ र स्वतन्त्र उम्मेदवार रामआधार कापरले चार हजार ७९० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीले जानकारी दिए ।

जिल्लामा १५ राजनीतिक दल र २६ स्वतन्त्र गरी ४१ जना उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा भएको थियो । यो क्षेत्रमा नेपाली कांग्रेसका बजरङ्ग नेपालीले चार हजार ३४२ र जनता समाजवादी पार्टी नेपालका मिनाक्षी ठाकुरले तीन हजार ९४६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय, महोत्तरीले जनाएको छ ।

यस क्षेत्रका एक लाख १० हजार ४३६ मतदाता रहेकामा ६४ हजार ४८८ मत खसेको थियो । खसेको मतमध्ये ५९ हजार ४७८ सदर र पाँच हजार १० मत बदर भएको मुख्य निर्वाचन अधिकृत अधिकारीले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *