भद्रपुर (झापा)। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापाका पाँचवटै निर्वाचन क्षेत्रमा विभिन्न दलका उम्मेदवारले सुरुआती अग्रता लिएका छन्।
क्षेत्र नम्बर ५ मा रास्वपाका उम्मेदवार बालेन्द्र शाहले ५ हजार २५४ मतसहित अग्रता कायम गरेका छन्। नेकपा (एमाले)का उम्मेदवार केपी शर्मा ओलीले १ हजार ५७९ मत प्राप्त गरेका छन्।
क्षेत्र नम्बर ४ मा शम्भुप्रसाद ढकालले १ हजार ७७५ मतसहित अग्रस्थान हासिल गरेका छन्। उनलाई नेकपा (एमाले)का लालप्रसाद साँवा लिम्बूले ३०० मतसहित पछ्याइरहेका छन्।
क्षेत्र नम्बर ३ मा प्रकाश पाठकले २ हजार २८१ मतसहित अग्रता लिएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवं उम्मेदवार राजेन्द्रप्रसाद लिङ्देनले १ हजार ६१० मतसहित दोस्रो स्थानमा छन्।
क्षेत्र नम्बर २ मा इन्दिरा रानामगरले ४ हजार ५८० मतसहित अग्रता कायम गरेकी छन्। नेकपा (एमाले)का उम्मेदवार देवराज घिमिरेले ७१६ मत प्राप्त गरेका छन्।
क्षेत्र नम्बर १ मा निशा डाँगीले ३ हजार १७० मतसहित अग्रस्थानमा छिन्। उनलाई श्रम संस्कृति पार्टीका केबल राईले १ हजार ३२० मतसहित पछ्याइरहेका छन्।
झापाका सबै निर्वाचन क्षेत्रमा मतगणना कार्य जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।




