देश

रुपन्देही–२ मा रास्वपाका सुलभ खरेलको अग्रता फराकिलो बन्दै

लुम्बिनी। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुलभ खरेलले अग्रता कायम राख्दै मतान्तर फराकिलो बनाएका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार अपराह्न ३ः२५ बजेसम्म २७ हजार ६२३ मत गणना हुँदा सदर भएको २६ हजार ७९९ मतमध्ये खरेलले १८ हजार ५३९ मत प्राप्त गरेका छन्।

नेकपा (एमाले)का उम्मेदवार विष्णुप्रसाद पौडेलले ३ हजार ९९६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार चुन्नुप्रसाद पौडेलले २ हजार ४५० मतसहित तेस्रो स्थानमा छन्।

यस निर्वाचन क्षेत्रमा कुल १ लाख ३५ हजार ५० मतदाता रहेकामा ८६ हजार ५१० मत खसेको थियो। मतगणना कार्य जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *