देश

सुर्खेत–१ मा कांग्रेसका विष्णुबहादुर खड्काको अग्रता

कर्णाली । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विष्णुबहादुर खड्काले अग्रता कायम राखेका छन्।

छ हजार २५९ मत गणना हुँदा खड्काले २ हजार ५१० मत प्राप्त गरेका छन्।

त्यसैगरी नेकपा (एमाले)का उम्मेदवार ध्रुवकुमार शाहीले १ हजार ६५४ मत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का टेकबहादुर सिंहले १ हजार ४४२ मत र नेपाल कम्युनिष्ट पार्टीका जीतबहादुर रानाले २५४ मत प्राप्त गरेका छन्।

निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार उक्त क्षेत्रमा १३ राजनीतिक दलका उम्मेदवार प्रतिस्पर्धामा छन्। एक लाख २२ हजार ९०२ मतदाता रहेको यस क्षेत्रमा ७० हजार १६७ मत खसेको थियो। मतगणना कार्य जारी रहेको कार्यालयले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *