देश

निर्वाचन क्षेत्रमै मतगणना, मतपेटिका धमाधम संकलन

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएपछि देशभरका मतदानस्थलबाट मतपेटिका संकलनको प्रक्रिया तीव्र गतिमा जारी छ।
मतदान समाप्त हुनासाथ मतपेटिका सुरक्षित रूपमा शिल गरेर निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याइँदैछ। यस वर्षको निर्वाचनमा १६५ निर्वाचन क्षेत्र भित्र मतगणना स्थानीय स्तरमै सञ्चालन हुने व्यवस्था गरिएको छ।

निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फको मतगणना सम्बन्धित निर्वाचन क्षेत्रभित्रका मतदानस्थलबाट मतपेटिका संकलन भएपछि सुरु हुनेछ। मतगणना अघि जिल्ला तथा क्षेत्रीय सर्वदलीय बैठक बस्नेछ। प्रत्यक्षतर्फको मत परिणाम गणना सुरु भएको २४ घण्टाभित्र सार्वजनिक हुने आयोगले जनाएको छ। त्यसपछि समानुपातिकतर्फको मतगणना सुरु गरिने छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *