देश

सिरहा–३ का जसपा नेपाल उम्मेदवार अशेश्वर यादव रकम वैध ठहरिएपछि रिहा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका सिरहा–३ का उम्मेदवार अशेश्वर यादवलाई प्रहरीले हिरासतबाट मुक्त गरेको छ।
मौन अवधिमा नगद रकमसहित पक्राउ परेका यादवको साथमा रहेको रकमको स्रोत र वैधता पुष्टि भएपछि उनलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रहरीका अनुसार यादवसहित पाँच जनालाई नेपाल–भारत सीमाक्षेत्र अन्तर्गत माडरबाट ४ लाख ८७ हजार रुपैयाँसहित नियन्त्रणमा लिइएको थियो। प्रारम्भिक अनुसन्धानपछि उक्त रकम कानुनी रूपमा आर्जित भएको पुष्टि भएको बताइएको छ।

यद्यपि, गाडीमार्फत निर्वाचन सामग्री बोकेको विषयमा सम्बन्धित निर्वाचन कार्यालयले यादवसँग स्पष्टीकरण मागेको छ। निर्वाचनको मौन अवधिमा हुने गतिविधिमाथि निगरानी बढाइएका कारण सीमाक्षेत्रमा विशेष जाँच अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *