सर्लाही।नेपाली कांग्रेसका सभापति गगन थापाले मधेश झरेर पहिलो पटक होली पर्वमा सहभागी भएका छन्। थापाले अाज सर्लाहीमा होली खेलेका छन् । काठमाण्डौमा होली खेल्दै अाएका सर्लाही क्षेत्र नं. ४ का उम्मेदवारसमेत रहेका थापाले सर्लाहीको पावन भूमिमा स्थानीय दाजुभाइ तथा दिदीबहिनीहरूसँग रङ्ग, उमंग र भाइचारासहित होली खेलेका हुन्।
होली उत्सवका अवसरमा उनले मधेशवासीलाई शुभकामना व्यक्त गर्दै देश शान्ति, सद्भाव र समुन्नतिको रङ्गले रङ्गिने संकल्प दोहोर्याए।
थापाले बज्जिका भाषामा समेत शुभकामना दिँदै भने,“देश शान्ति, सद्भाव आ समृद्धि के रंग से रंगाय के संकल्प के साथ, सभे के होली के हार्दिक बधाई आ शुभकामना।”
उनले मधेशको संस्कृति, परम्परा र सामाजिक सद्भावलाई सुदृढ बनाउन आफ्नो प्रतिबद्धता व्यक्त गर्दै सबै समुदायबीच एकता र सहकार्य आवश्यक रहेको बताए।स्थानीयवासीहरूले थापालाई अबिर रङ्ग लगाएर स्वागत गरेका थिए। कार्यक्रममा ठूलो संख्यामा युवाहरूको उपस्थिति रहेको थियो।
मधेशमा झरेर पहिलो पटक होली मनाएका थापाको उपस्थितिले सर्लाहीको राजनीतिक तथा सामाजिक वृत्तमा विशेष चासो उत्पन्न गरेको छ।




