विश्व

अमेरिकाद्वारा पाकिस्तानी दुतावासका कर्मचारीलाई पाकिस्तान छोड्न आदेश

अमेरिकाले पाकिस्तानी वाणिज्य दूतावासमा कार्यरत कर्मचारीलाई पाकिस्तान छोड्न आदेश दिएको छ, भने साउदी अरब, साइप्रस र ओमानमा मिसनहरु छोड्न अनुमति दिएको छ ।

अमेरिकी विदेश मन्त्रालयले पाकिस्तानस्थित अमेरिकी दुतावासमा कार्यरत अमेरिकी सरकारी कर्मचारी , लाहोर र कराचीको अमेरिकी वाणिज्य दूतावासका कर्मचारी र उनीहरुका परिवारका सदस्यहरूलाई सुरक्षा जोखिमका कारण पाकिस्तान छोड्न आदेश दिदै विज्ञप्ति जारी गरेको जनाइएको छ ।

यद्देपी राजधानी इस्लामाबाद स्थित दूतावासको सुरक्षा स्थितिमा भने कुनै परिवर्तन नभएको मन्त्रालगले बताएको छ ।

यस अघिनै मन्त्रालयले अमेरिकी सरकारी कर्मचारीहरू र उनीहरुको परिवारका सदस्यहरूलाई सुरक्षा जोखिमका कारण साउदी अरेबिया, ओमान र साइप्रस छोड्न निर्देशन दिएको थियो ।

यसै बीच मन्त्रालयले मध्यपूर्व छोडेर संयुक्त राज्य अमेरिका फर्कन चाहने नागरिकहरूलाई आवाश्यक सहयोग गर्न कदम चालेको समेतजानकारी दिएको छ ।

पछिल्लो केही दिनमा नौ हजार भन्दा बढी अमेरिकी नागरिकहरू मध्य पूर्वबाट सुरक्षित फर्केको जनाइएको छ भने इजरायल बाट फर्किनेहरु मात्र ३०० भन्दा बढी छन् ।

जेनेभामा अमेरिकी दूतहरूले आणविक सम्झौताको विषयमा इरानसँग छलफल गरेको दुई दिन पछि संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार आक्रमण सुरु गरेका थिए भने इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको आक्रमणमा परी मृत्यु भएको छ ।

त्यस लगतै इरानले मध्यपूर्वमा जवाबी आक्रमण विस्तार गरेको छ, मङ्गलबार संयुक्त राज्य अमेरिका र इजरायलले तेहरानका प्रमुख साइटहरू ध्वस्त पारेको जनाइएको छ भने अमेरिकी वाणिज्य दूतावासमा आक्रमण गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *