विश्व

सिड्नीमा बाढीमा फसेका ४० जनाको उद्धार

सिड्नीमा भारी वर्षा पछि आएको बाढीमा फसेका ४० भन्दा बढी मानिसहरूको उद्धार गरेको बताउदै अधिकारीहरूले अचानक बाढी आउदा बिजुली समेत कटौती भएको जनाएका छन् ।

न्यु साउथ वेल्स राज्य आपतकालीन सेवा (एनएसडब्लु एसइएस) ले बिहीबार देखि शुक्रबार सम्म मध्य र पश्चिमी सिड्नीमा ४२ वटा बाढी उद्धार अभियान सञ्चालन गरेको बताएको छ ।

केही उपनगरहरूमा तीन घण्टाको अवधिमा १०० मिलिमिटर भन्दा बढी वर्षा भए पछि सिड्नी महानगरीय क्षेत्रमा सहयोगका लागि कल आएको एसइएसले जनाएको छ ।

आकस्मिक बाढीले प्रमुख सडकखण्डलाइ प्रभावित बनाउनुका साथै विद्युतिय पुर्वाधारका र भौतिकं सम्पत्तिहरूमा क्षेति गरेको जनाइएको छ ।

मौसम विज्ञान ब्यूरो (बिओएम) ले सिड्नीमा शुक्रबारको अधिकांश समय मेघ गर्जन जारी रहने र ७० मिलिमिटर सम्म वर्षा हुने पूर्वानुमान गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *