देश

होली मर्यादित र सुरक्षित रूपमा मनाउन प्रशासनको आग्रह

काठमाडौं । स्थानीय प्रशासनले होली पर्व मर्यादित, अनुशासित र सुरक्षित ढंगले मनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गरी निर्वाचन आचारसंहिता र सुरक्षा संवेदनशीलताको कारण होली पर्वलाई थप मर्यादित बनाउन आग्रह गरेको हो ।

कसैको इच्छाविपरीत रंग दल्ने, लोला हान्ने, पानीको फोहोरा फाल्ने र जबरजस्ती गर्नेलाई कारबाही गर्ने चेतावनी प्रशासनले दिएको छ । होलीमा कुनै पनि दल वा उम्मेदवारको निर्वाचन चिह्न, तस्बिर अंकित टिसर्ट, टोपी, गम्छा, ब्याज, मास्क वा लकेट प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *