देश

फागुन २१ को निर्वाचनका लागि देशभर सामग्री ढुवानी सम्पन्न, तयारी अन्तिम चरणमा

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा निर्वाचन व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। यही फागुन २१ गते हुने निर्वाचनका लागि आवश्यक सामग्री देशभरका सबै १६५ निर्वाचन क्षेत्रमा पुर्‍याइएको छ।

निर्वाचन आयोग का सहायक प्रवक्ता कुलबहादुर जिसी का अनुसार पहिलो हुने निर्वाचित हुने ९ँएत्ए० र समानुपातिक ९एच्० प्रणालीतर्फ गरी चार करोड ११ लाख ५३ हजार मतपत्र छपाइ गरी ७७ वटै जिल्लामा पठाइसकिएको छ।

आयोगले स्वीकृत कार्यतालिकाअनुसार सबै व्यवस्थापकीय काम समयमै सञ्चालन भइरहेको जनाएको छ। केही सहायक सामग्री भने सम्बन्धित जिल्लामै व्यवस्थापन गरिनेछ। निर्वाचन अधिकृतको कार्यालयबाट मतदान अधिकृतमार्फत मतदान केन्द्रसम्म सबै सामग्री वितरण गरिने प्रक्रिया अघि बढेको छ।

मतदाता शिक्षा र आचारसंहिता अनुगमन

निर्वाचनसम्बन्धी मतदाता शिक्षा कार्यक्रम फागुन ३ गतेदेखि सञ्चालनमा छ। आयोगका अनुसार यो कार्यक्रम फागुन १७ गतेसम्म ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा निरन्तर सञ्चालन हुनेछ।

निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समितिसहितका संयन्त्रहरू सक्रिय छन्। आयोगले दल र उम्मेदवारलाई प्रचारप्रसार शिष्ट, मर्यादित र कानुनसम्मत बनाउन निर्देशन दिइसकेको छ।

प्रचारप्रसार सुरु

फागुन ४ गतेदेखि राजनीतिक दलहरूले मुख्य चुनावी प्रचारप्रसार अभियान सुरु गरेका छन्। आयोगले प्रचारप्रसारका गतिविधि कानुनी दायराभित्र राख्न र आचारसंहिताको पूर्ण पालना गर्न पुनः आग्रह गरेको छ।

निर्वाचन मिति नजिकिँदै जाँदा आयोगको ध्यान अब मतदान केन्द्रको तयारी, सुरक्षा समन्वय र मतदाता शिक्षाको प्रभावकारी कार्यान्वयनमा केन्द्रित छ। निर्धारित मितिमै निर्वाचन सम्पन्न गराउने तयारी तीव्र पारिएको आयोगले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *