देश

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु

बागमती। मकवानपुरमा छुट्टाछुटै स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

कान्तिलोकपथ सडकखण्डअन्तर्गत हेटौँडा उपमहानगरपालिका–५ पिप्लेमा आज गरेको ना ५ ख १८६१ नम्बरको ट्रकमा ना २९ प ७०७२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक स्थानीय ३५ वर्षीय सुवास थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते थिङको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोगटीले बताउनुभयो ।

यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेस्थित जङ्गदेश्वर महादेव मन्दिर नजिकै बसबाट लडेर गम्भीर घाइते एक वृद्धको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गत माघ १० गते बाप्र ०३–००१ ख १९७२ नम्बरको बसबाट ओर्लिने क्रममा लडेर गम्भीर घाइते भएका चितवनको रत्ननगर नगरपालिका–६ का ६२ वर्षीय विष्णुबहादुर घिमिरेको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *