देश

पाल्पाबाट सात स्वतन्त्रसहित ३० उम्मेदवारको मनोनयन

तानसेन (पाल्पा)। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाल्पामा सात स्वतन्त्रसहित ३० जनाले उम्मेदवारी दर्ता गरेका छन्। उम्मेदवारहरूले जिल्ला सदरमुकामस्थित मुख्य निर्वाचन कार्यालयमा मनोनयनपत्र दर्ता गरेका हुन्।

पाल्पामा दुई निर्वाचन क्षेत्र छन्। क्षेत्र नं १ बाट ९ राजनीतिक दल र ४ स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। यहाँ नेकपा (एमाले) बाट नारायणप्रसाद आर्चाय, नेपाली कांग्रेसबाट सन्दिप राना, नेपाली कम्युनिष्ट पार्टीबाट हुमबहादुर सुनारी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बिमल पन्त र राष्ट्रिय जनमोर्चाबाट नरमती सिञ्जालीले उम्मेदवारी दर्ता गरेका छन्। स्वतन्त्र उम्मेदवारमा कौशल अर्याल, डिल्लीराज काफ्ले, जुद्धबहादुर विरकट्टा र वाछावली मियाल रहेका छन्।

क्षेत्र नं २ बाट १४ राजनीतिक दल र ३ स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। यसमा नेकपा (एमाले) बाट ठाकुर गैरे, नेपाली कांग्रेसबाट हिमालदत्त श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीबाट सोमप्रसाद पाण्डेय, राष्ट्रिय स्वतन्त्र पार्टीबाट माधवबहादुर थापा र राष्ट्रिय जनमोर्चाबाट बालबहादुर दर्लामी लगायतका उम्मेदवार छन्। स्वतन्त्र उम्मेदवारमा मोहनकुमार थापा, देवीप्रसाद भण्डारी र केशवप्रसाद बस्याल रहेका छन्।

निर्वाचन अधिकृतका अनुसार जिल्लामा कुल ३० उम्मेदवारले आगामी निर्वाचनका लागि मनोनयन दर्ता गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *