देश

मदर सिस्टर नेपालकी अध्यक्ष मिना थापाद्वारा विद्यार्थीलाई न्यानो ज्याकेट वितरण

काठमाडौं  । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ स्थित ऐसेलुखर्क माध्यमिक विद्यालयमा अध्ययनरत बाल विकासदेखि कक्षा १२ सम्मका सम्पूर्ण विद्यार्थीहरूलाई न्यानो कपडा (ज्याकेट) वितरण गरिएको छ। गत वर्षको निरन्तरतास्वरूप आयोजना गरिएको उक्त कार्यक्रम इटाली एसोसिएसनको सहयोगमा सम्पन्न भएको हो। विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा हालका सदस्य एवम् मदर सिस्टर नेपालकी अध्यक्ष मिना मैयाँ थापाको पहल र समन्वयमा ज्याकेट वितरण गरिएको विद्यालयले जनाएको छ।

विद्यालयका अनुसार चिसो मौसममा न्यानो कपडाको अभाव झेल्दै आएका तथा आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीहरूका लागि यस सहयोगले महत्वपूर्ण राहत पुगेको छ। ज्याकेट प्राप्त गरेका सबै विद्यार्थीहरूलाई विद्यालय परिवारले हार्दिक बधाई व्यक्त गरेको छ। सामाजिक सेवाप्रति निरन्तर सक्रिय इटाली एसोसिएसन तथा सहयोगी मनकी धनी मिना मैयाँ थापाप्रति विद्यालय परिवारले उच्च मूल्याङ्कन गर्दै हार्दिक कृतज्ञता प्रकट गरेको हो। उनले विगतदेखि नै समाजसेवाका क्षेत्रमा निकै सक्रिय भएका काम गर्दै आएकी छन् ।

https://www.facebook.com/profile.php?id=100057236718255

कपडा वितरण कार्यक्रमका लागि माथिको फेसबुक  लिङ्कलाई क्लीक गर्नुहोस्

दिन दुःखीको सेवा नै मेरो प्रमुख कर्तव्य हो : मीना  थापा   

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *