देश

ललितपुर–३ मा उज्यालो नेपालबाट डा. विजय पन्त उम्मेदवार , निर्वाचनमा विजयी गराउन मतदातालाई अपिल

काठमाडौं । उज्यालो नेपाल पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुर क्षेत्र नम्बर ३ बाट डा। विजय पन्तले टिकट पाएका छन् । पार्टी अध्यक्ष कुलमान घिसिङले सोमबार औपचारिक रूपमा पन्तलाई उम्मेदवारीको टिकट हस्तान्तरण गरेका हुन्। पार्टी नेतृत्वका अनुसार पन्त संगठन निर्माणदेखि नीति निर्माणसम्म सक्रिय रूपमा संलग्न रहेका व्यक्तित्व हुन्।

डा. पन्त उज्यालो नेपाल पार्टीका संस्थापक केन्द्रीय सदस्यसमेत हुन्। उनी चिकित्सा शिक्षा सुधारका अभियन्ता डा। गोविन्द केसीसँगै लामो समयदेखि स्वास्थ्य क्षेत्र सुधार अभियानमा सक्रिय रहँदै आएका थिए । स्थानीयस्तरमा समेत परिचित पन्त ललितपुर महानगरपालिका वडा न.२३ धापाखेलका स्थायी बासिन्दा हुन्। उनले सो क्षेत्रका मतदाताहरुलाई आगामी निर्वाचनमा विजयी गराउन अपिल गरेका छन् । डा. पन्तले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट घाइते भएका बिरामीहरुको उपचारका लागि सिभिल अस्पतालमा बसेर उपचार गरेका थिए । सो समयमा डा.पन्तले अस्पताललाई विरामीको निःशुल्क उपचार गर्न  समेत आग्रह गरेका थिए ।

यस्तै डा. पन्तले चिकित्साको क्षेत्रमा निकै लामो समयदेखि चिकित्सकहरुको न्युन्तम सेवासुविधा सरकारी सो सरह बनाउन पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग गठित समितिमा रहेर पहल गरेका थिए । डा. पन्तले सो वार्ता समितिमा एक प्रमूख व्यक्तिको भूमिका खेलेका थिए । ललितपुर–३ को निर्वाचन क्षेत्रलाई प्रतिस्पर्धात्मक मानिँदै आएको छ। अघिल्लो निर्वाचनमा साेही क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की निर्वाचित भएकी थिइन्। अहिले पनि उनी सो क्षेत्रको उम्मेदवारी नै छिन् ।

नयाँ उम्मेदवारका रूपमा डा. पन्तको आगमनले साे क्षेत्रको चुनावी समीकरण थप रोचक बन्ने अनुमान गरिएको छ।  गत भदौ २३ र २४गतेको जेनजी आन्दोलनमा संसद भवन जलाउन युवापुस्ताहरुलाई उक्साउदैँ डाक्टरको भेषमा  डा. तोसिमा कार्की आन्दोलनस्थलमा पुगेकी थिइन्, उनको सो भिडियो सामाजिक संजालमा समेत भाइरल बनेपछि उनको पछिल्लो समय चौतर्फी आलोचना हुने गरेको छ । डा. पन्तको हेवीवेटले तोसिमा कार्की छाँयामा परेको चर्चा हुन थालेको छ । कार्कीले सो क्षेत्रबाट विगतमा निर्वाचित भएपछि विकास निर्माणको क्षेत्रमा उल्लेखनीय काम गर्न नसकेको सोही क्षेत्रका स्थानीय वासिन्दाले बताएका छन् । कार्कीले विगतमा विकास निर्माणका कार्यमा फोकस नगरेको धापाखेलको जेम्स स्कुल नजिक बन्दै गरेको पुलको अवस्थाले प्रष्ट पार्ने देखिएको छ । यो एक नमुना हो भने सो क्षेत्रमा थुपै अपुरा विकास निर्माणका काम अधुरै रहेको ललितपुर क्षेत्र न. ३ का स्थानीयवासी बताउँछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *