देश

प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्ने सञ्चारमन्त्री खरेलको घोषणा

काठमाडौं । सञ्चारमन्त्री जगदीश खरेलले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा आफू पनि उम्मेदवार बन्ने घोषणा गरेका छन्।

नेपाल पत्रकार महासंघको एशोसिएट प्रदेश समितिको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री खरेलले निर्वाचनपछि संसद्‌मा पुग्ने आफ्नो चाहना रहेको बताएका हुन्।

उनले सरकारले तोकिएकै समयमा निर्वाचन गर्ने दाबी पनि गरे।

मन्त्री खरेलले भने, “चुनावपछि बन्ने संसद् र सरकारमा मेरो पनि चाहना छ। कतै न कतैबाट मिडियाको उपस्थिति रहने गरी संसद् र सरकारमा सहभागी हुन चाहन्छु।”

उनले आगामी निर्वाचनमा परिवर्तनले खोजेअनुसार योग्य व्यक्तिलाई नेतृत्वमा पुर्‍याउन सबैलाई आग्रहसमेत गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *