देश

भौतिक पूर्वाधारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंसँग नेपालका लागि जापानका राजदूत माएदा तोरूले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित भौतिक मन्त्रालयमा आज भएको उक्त भेटवार्तामा मन्त्री चौलागाईं र राजदूत तोरूबीच द्विपक्षीय आपसी हितका विषयमा कुराकानी भएको मन्त्री चौलागाईंको सचिवालयले जनाएको छ ।

भेटका क्रममा नेपाल–जापान द्विपक्षीय सम्बन्ध तथा कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव तथा आगामी सहकार्य विस्तारका विषयमा कुराकानी भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *