विराटनगर । महानायक राजेश हमालले पुराना राजनीतिक दलले केही गरेनन् भाष्य बनाइएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।
आज झापाको विर्तामोडमा इस्टर्न सहारा कम्पनीको तस्रो साधारण सभालाई सम्बोधन गर्दै हमालले पुरानाले केही गरेनन् भन्नेलाई नै प्रतिपश्न गरेका हुन् ।
हमालले भने, ‘अहिले जनसमुदायको कोर्टमा बल छ, अब निर्णय गर्ने जिम्मा तपाईंहरूको हो । अहिले धेरैले भनेको सुन्छु— पुरानाहरूले केही गरेनन्, सबै बिग्रियो । तर उनीहरूलाई हामीले नै छानेका होइनौँ र ?,’।
उनले थपे, ‘नयाँ आएकाहरूले पुरानाले गरेनन् भनेको सुन्छु, मलाई त हाँसो लागिरहेको छ । पुरानाले गरेनन् भन्नुभन्दा पनि हामी यसरी गर्छौँ भनेर आउनुपर्छ’, ।




